शनिबार, १७ साउन २०८२

आज पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध, यी सात स्थानमा एकतर्फी सञ्चालन

समयपोष्ट २०८२ साउन १७ गते १२:४४

शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । साथै सात स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५, गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट–डोल्पा भेरी काेरिडोर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री