सोमबार, ५ साउन २०८२

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०८१ साउन २४ गते ९:४७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

आज नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै, नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा र सूर्योदय वोमीको शेयरमूल्य १ हजार १३ रुपैयाँ ११ पैसा कायम भएको छ।

बिहीबार सोही समायोजित मूल्यका आधारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री