मंगलबार, ११ कार्तिक २०८२

एसबिआई बैंक र एम ए डव्लु वृद्धि अटोकर्प र एम ए वृद्धि कमर्सियल भेहेकल्सबिच सम्झौता

समयपोष्ट २०८० भदौ ८ गते १९:५७

Advertisement

नेपाल एसबिआई बैंक लि. र एम ए डव्लु वृद्धि अटोकर्प र एम ए वृद्धि कमर्सियल भेहेकल्स प्रा लिबिच हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल, एम ए वृद्धि कमर्सियल भेहेकल्सको तर्फबाट तूसार जयप्रकाश गूप्ता, एम ए डव्लु वृद्धि अटोकर्पको तर्फबाट प्रसन्न पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर कार्यक्रममा बैंकका कर्पोरेट क्रेडिटका प्रमूख विनोद अधिकारी, रिटेल हेड एसएमई प्रमूख प्रविण भट्टराई, र कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैंकले ९४ शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२३ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री