हिमालयन बैंकका ग्राहकलाई तायो इको रिर्सोट होटलमा विशेष छुट
समयपोष्ट
२०८० साउन ३० गते १५:०९
हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि.बिच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंक र तायो इको रिर्सोटबिच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बंैकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।
बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
प्रतिक्रिया