९.७५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको खुद नाफा
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९.७५ प्रतिशतले खुद नाफा वुद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड पुगेको छ । संचालन मुनाफा पनि ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रहेको छ ।
बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले सम्भावित जोखिमको लागि छुट्याएको रकम ६३.६० प्रतिशतले बढेर ८२ करोड पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशतले बढेर १ खर्ब ५४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १.६४ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब कायम भएको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रहेको छ भने बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ संचित छ। बैंकको वितरणयोग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश क्षमता १५.२९ प्रतिशत रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ५ पैसा, प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ १३ पैसा र पीइ रेसियो १२.८४ गुणा रहेको छ ।
प्रतिक्रिया