बिहीबार, १३ वैशाख २०८१

छिटै भिडियोमा भएका चिजहरुलाई छुन सकिने

समयपोष्ट २०७३ साउन २४ गते ७:२८

हेर्न र सुन्न मात्र सकिने भिडियो अब छिट्टैनै छुन पनि सकिने भएको छ । अमेरिकाको म्यासाच्युसेट्स इष्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिनेछ । एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट वस्तुहरको भौतिक व्यवहारलाई कैद गर्न सकिन्छ । उनका अनुसार यो प्रविधिबाट भिडियोलाई अन्तक्रियात्मक बनाएर भिडियोसँगै खेल्न सकिने छ । शोधकर्ताहरुले पुल, जंगल, गितार लगायतका विभिन्न वस्तुहरुको भिडियोमा आइडीवी प्रविधिको प्रयोग गरे । यसबाट भिडियो तथा तस्वीरलाई विभिन्न दिशामा धकेल्ने तथा मोड्ने गर्न सकिन्छ । यो प्रविधि इन्जिनियरिंग तथा मनोरञ्जन लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने वैज्ञानिकको भनाई छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री