आइतबार, २३ वैशाख २०८१

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ भदौ ८ गते ११:३१

Advertisement

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

आईपीओमा परेको कुल आवेदनमध्ये १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको छ भने १ हजार २८६ आवेदन अस्वीकृत भएको छ।

माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो। स्वीकृत आवेदनमध्ये ३० हजार ९२९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो। लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।

Advertisement

बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री