आइतबार, २३ वैशाख २०८१

प्रभु बैङ्कद्वारा नयाँ कर्जा सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ भदौ ७ गते २२:२४

Advertisement

कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि प्रभु बैङ्क लिमिटेडद्वारा विकसित नयाँ कर्जा सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालद्धारा सञ्चालित कार्यक्रम हो ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरूको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १- गरिबी विहीन र लक्ष्य २- शून्य भोकमरी) प्राप्तिमा योगदान पु-याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रम प्रभु बैङ्कका प्रदेशका प्रमुख व्यापार अधिकृत सुनिल राना लगायत कर्णाली प्रदेश अन्त्रगतका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Advertisement

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए । प्रभु बैङ्कको लघुवित्त विभागका प्रमुख चन्द्र बहादुर खत्रीले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै कर्जा सेवा बनाई कार्यान्वयन गरिने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्त्रगतका शाखा प्रमुखहरूलाई यस कार्यक्रम अन्त्रगतका लाभग्राहीहरूलाई सहज रूपमा कर्जा प्रवाह गराई वित्तीय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री