आइतबार, २३ वैशाख २०८१

कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर संचालनमा

समयपोष्ट २०७९ भदौ ६ गते १७:३८

Advertisement

हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।

बैंक र अस्पतालले सोमबार एक कार्यक्रमकाबिच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।

यससंगै बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंककद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गर्नु भएको छ । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री