आइतबार, २३ वैशाख २०८१

माछापुच्छ्रे बैंक लि.र फेकनबिच सम्झौता

समयपोष्ट २०७९ भदौ ५ गते १४:५१

Advertisement

माछापुच्छ्रे बैंक र फ्रि एजुकेस्नल कन्सल्टटेन्सी (फेकन) बिच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गर्नुभयो ।

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाइ बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री