शुक्रबार, ४ जेठ २०८१

सान्जेन जलविद्युत कम्पनीको साधारण सेयरमा आजबाट आवेदन खुल्यो

समयपोष्ट २०७९ भदौ ५ गते ८:२५

Advertisement

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर जारी गरेको छ ।

कम्पनीले आइतबारबाट (भदौ ५ गते) स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको हो।

सो सेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

Advertisement

निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा असोज ४ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्। सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री