आइतबार, २३ वैशाख २०८१

एनएमबिका ग्राहकले अब बुद्ध र यती एयरमा क्यासब्याक पाउने

समयपोष्ट २०७९ भदौ १ गते १९:४२

Advertisement

चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर जारी गरेको छ ।

यससंगै अब एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेवबाट बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने छन ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

Advertisement

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री