सोमबार, २४ वैशाख २०८१

नेपाल बैंकका सञ्चालक समिति अध्यक्षले लिए सपथ

समयपोष्ट २०७९ साउन ३१ गते २१:३९

Advertisement

नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पथ तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिए ।

Advertisement

उक्त कार्यक्रममा ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरूको जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री