शुक्रबार, १६ चैत २०८०

पोखरा पुगेकी राष्ट्रपति भण्डारी कहाँ बसिन् ?

समयपोष्ट २०७९ साउन ३० गते १८:०१

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनुभएको छ ।

मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ । उहाँ मङ्गलबार बिहान ८.३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुनुहुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौँ फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री