शुक्रबार, १४ वैशाख २०८१

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण

समयपोष्ट २०७९ साउन २९ गते १९:५६

Advertisement

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण भएको छ ।

शनिवार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ नेतृत्वको टोलिले एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण गरेको हो ।

कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पूरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षिय पूरुषको प्रत्यारोपण गरिएको हो । उनीहरु दुबैलाई उनीहरुका पत्नीले मिर्गौला दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे ।

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट, कोर्डिनेटर र ओटी तथा आइ सी यु नर्सहरुलाई तालिम दिई रहेको बताए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पोखरामा मिति २०७९ असार ९ गते पहिलो पटक प्रत्यारोपण भएको सेवालाई केन्द्र र प्रतिष्ठानले गरेको प्रतिबद्धता अनुसार यस महिनामा दुई जनाको मृगौलाा प्रत्यारोपण भएको छ । डा. श्रेष्ठले यो सेवालाई पोखरामा स्थापित गर्नको लागि पूर्ण रुपमा सहयोग गर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री