शुक्रबार, १६ चैत २०८०

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल र भिभान्ता डेन्टलमा विशेष छुट

समयपोष्ट २०७९ साउन २९ गते १५:२४

Advertisement

मुक्तिनाथ विकास बैंकले दुई डेण्टल अस्पतालसंग आफ्ना ग्राहकहरुलाई छुट उपलब्ध गराउँने सम्झौता गरेको छ ।

बैंकले आइतबार आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री