शुक्रबार, २८ वैशाख २०८१

कक्षा तीनमा पढ्ने विद्यार्थीले आफ्नो पानी छोएको भन्दै शिक्षकद्धारा निर्घात कुटपिट, बालकको मृत्यु

समयपोष्ट २०७९ साउन २९ गते १०:३६

Advertisement

कक्षा तीनमा अध्ययनरत एक बालकको शिक्षकको कुटाइबाट निधन भएको छ ।

घटना भारतस्थित राजस्थानको जालोर जिल्लाको हो ।

जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट दलित विद्यार्थी इन्द्रकुमारले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए।

शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरका ती छात्रको उपचारको क्रममा निधन भएको हो ।

Advertisement

शिक्षकको कुटाइमा परेका इन्द्रकुमारलाई परिवारले पहिले स्थानीय अस्पतालमा भर्ना गरे। त्यहाँ उपचार हुन नसकेपछि उनलाई अहमदाबाद लगिएको थियो। अहमदावादकै एक अस्पतालमा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडिटीभीले जनाएको छ।

विद्यार्थीको मृत्युपछि उनका काका किशोर कुमारले विद्यालय सञ्चालक छैल सिंहविरूद्ध कुटपिट, जातीय हिंशा, अपमानित र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी दिएका छन्।

प्रहरीमा दिएको उजुरी अनुसार साउन ४ गते इन्द्र सधैँझैं विद्यालय गए, तिर्खा लागेकाले विद्यालयमा राखिएको पानीको भाँडोबाट पानी पिए। तर त्यो माटोको भाँडा शिक्षक छैल सिंहका लागि छुट्टै राखिएको रहेछ। यसबारे जानकारी पाएपछि सञ्चालकले बालकलाई जातीय शब्दमा गाली गर्नुका साथै दाहिने कान र आँखामा भित्री चोट लाग्नेगरि निर्मम कुटपिट गरेका थिए। घटनाबारे विद्यार्थीले परिवारलाई खबर गरेपछि विभिन्न अस्पतालमा उपचार भए पनि उनको उपचारैकै क्रममा साउन १३ गते मृत्यु भएको थियो।

घटनापछि विद्यालय क्षेत्र तनावग्रस्त भएको छ। तनाव उग्र हुँदै गए पछि सरकारको निर्देशनमा उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ।

यसैबीच प्रहरीले उक्त निजी विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिसकेको छ। यस विषयमा छानबिन गर्न एक छानबिन समितिसमेत गठन भएको छ।

आफ्नो बच्चाले शिक्षकको भाँडोको पानी पिएकोमा जातीय गाली गलौज गर्दै गम्भीर कुटाई खाएर मृत्यु भएकोमा मृतकका बाबुले छानबिन गरी दोषिलाई कारबाही र आफूहरूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन्।

मुख्यमन्त्री अशोक गहलोतले घटना दुखत भएको भन्दै अभियुक्त शिक्षकलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए।

उनले पीडित परिवारलाई यथासिघ्र क्षतिपूर्तिको सुनिश्चितता गरिने भन्दै तत्काल मृतकका आफन्तलाई पाँच लाख सहयोग रकम मुख्यमन्त्री राहत कोषबाट उपलब्ध गराइने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री