शनिबार, ८ वैशाख २०८१

ट्रकसँग मोटरसाइकल ठोक्किएको सिन लिदा सिसा फुटेर तब्बुको आँखामा लाग्यो चोट

समयपोष्ट २०७९ साउन २६ गते १३:१९

Advertisement

बलिउड अभिनेत्री तब्बु सुटिङको क्रममा घाइते भएकी छन् ।

तब्बु बुधबार चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी हुन् ।

भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो ।

रिपोर्टका अनुसार तब्बु हैदरावादको भोलाको एक दृश्यका लागि जङ्गलमा ट्रक चलाइरहेकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका हुन्छन् । सो क्रममा ट्रकसँग मोटरसाइकल ठोक्किएको थियो । टक्करपछि सिसा फुट्दा त्यसको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा उपस्थित स्वास्थ्यकर्मीले चोट धेरै गम्भीर नभएको बताएका छन् ।

भोला साउथको फिल्म कैथीको हिन्दी रिमेक हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री