शुक्रबार, १४ वैशाख २०८१

प्राइम लाइफको सीइओमा दाहाल नियुक्त

समयपोष्ट २०७९ साउन २६ गते १०:००

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन्।

कम्पनीको संचालक समितिले कम्पनीका डेपुटी सीइओ रहेका दाहाललाई सीइओमा नियुक्ति गर्न बीमा समितिमा प्रस्ताव गरेको थियो।

समितिले अनुमति दिएसँगै दाहाल ४ वर्षका लागि प्राइम लाइफ इन्स्योरेन्सको सीइओमा नियुक्त भएको कम्पनीले जनाएको छ।

प्राइम लाइफका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको कार्यकाल गत असार ३१ गते सकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री