शुक्रबार, १६ चैत २०८०

कृषि उत्पादन बढाउन एमाले अध्यक्ष ओलीको आग्रह

समयपोष्ट २०७९ साउन २५ गते २१:१७

Advertisement

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले आज अध्यक्ष ओली र कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा उहाँले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले शिक्षा, प्रविधि र कृषि उपजका लागि वर्तमान सरकारले उचित ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री