शुक्रबार, ७ वैशाख २०८१

विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ जेल चलान

समयपोष्ट २०७९ साउन २४ गते १९:२७

Advertisement

व्यवसायी अमित श्रेष्ठलाई अदालतले कारागार पठाउन आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण शर्माको इजलासले श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो माग दाबी लिएर मुद्दा दायर गरेको थियो ।

मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।

श्रेष्ठ असार २९ मा पक्राउ गते पक्राउ परेका थिए । श्रेष्ठ विशाल सिमेन्टका सञ्चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री