शुक्रबार, १४ वैशाख २०८१

सत्ता गठबन्धनमा बाबुरामलाई समेट्ने प्रधानमन्त्री देउवाको आश्वासन

समयपोष्ट २०७९ साउन २४ गते १८:२३

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने आश्वासन दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका भट्टराईलाई प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् ।

भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो आश्वासन दिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिए ।

‘हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौँ’ यादवले भने,‘हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’

पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री