शनिबार, १५ वैशाख २०८१

हेर्नुहोस् डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’

समयपोष्ट २०७९ साउन २१ गते २२:२३

Advertisement

नयाँ गीत‘जालेरुमाल’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा डिजे सन्तोषले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर तथा सुरज शाही ठकुरीले स्वर भरेका छन् । गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् भने भिडियोको निर्देशन पवित्रा आचार्यले गरेकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगायत उपस्थित थिए । कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोक संगीतको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।

नेपालमा लोक गीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री