मंगलबार, ११ वैशाख २०८१

ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको समाचार निराधार : मन्त्री कार्की

समयपोष्ट २०७९ साउन २० गते १८:३५

Advertisement

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताउनुभएको छ ।

यही साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँनुभएको हो ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका कार्कीले भन्नुभयो, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु ।”

उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको बताउँदै कुनै भ्रममा नपर्नसमेत अपिल गर्नुभयो । सरकार गोपनीयताको सम्मान र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री