शुक्रबार, १६ चैत २०८०

थपिए ९१२ जना कोरोना संक्रमित

समयपोष्ट २०७९ साउन २० गते १७:३६

Advertisement

पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् ।

६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री