शनिबार, ८ वैशाख २०८१

अभिनेताको चाहना पुरा नगर्दा समेत फिल्मबाट निकालिनुपर्छ : मल्लिका

समयपोष्ट २०७९ साउन १९ गते १३:१८

Advertisement

बलिउड नायिका मल्लिका शेरावतले आफुले अभिनेता निर्देशकहरुको चहाना अनुरुप नचल्दा कर्यौ प्रोजेक्टहरु गुमाएको खुलासा गरेकी छन् ।

बलिउडकी बोल्ड नायिका शेरावतले भारतीय सञ्चारमाध्यमसँग कुराकानीको क्रममा आफूले कम्प्रमाइज नगर्ने भएकाले बलिउडका सबै ए–लिस्टर नायकहरू उनीसँग काम गर्न अस्वीकार गर्ने गरेको बताईन् ।

उनी भन्छिन्, ‘एकदम सामान्य छ। निर्देशक वा कलाकारहरू त्यस्ता अभिनेत्रीहरू मन पराउँछन् जसलाई उनीहरू नियन्त्रण गर्न सक्छन् । जो उनीहरूसँग सम्झौता गर्न तयार हुन्छन्। तर म त्यो श्रेणीमा पर्दिन । मेरो व्यक्तित्व त्यो होइन। म आफूलाई कसैको इच्छा र चाहनाको अधिनमा राख्न चाहन्न र राख्दिन ।’

पत्रकारले तपाईँले भन्नुभएको सम्झौताको अर्थ के हो भनेर सोध्दा उनले भनिन्, ‘बसभन्दा बस , उठभन्दा उठ्, जे गर भन्यो त्यहीँ गर्नुपर्ने । यदि तपाई कुनै फिल्म गर्दै हुनुहुन्छ भने बिहान ३ बजे हिरोले फोन गरेर ‘मेरो घर आऊ’ भन्यो भने पनि जानुपर्छ । यदि तपाईँ जानुभएन भने, तपाईँ फिल्मबाट आउट ।’

बलिउड उद्योग र सञ्चारमाध्यमको एक वर्गले आफूलाई एक किसिमको मानसिक यातना दिँदै आएको र मानिसहरूले आफ्नो शरीर र ग्ल्यामरको मात्र कुरा गर्ने तर कसैले आफ्नो अभिनयको कुरा नगर्ने गुनासो उनले सो अन्तर्वार्तामा राखिन् ।

शेरावत सन २००४ मा रिलिज भएको चलचित्र ‘मर्डर’ मा उनको ब्रेक आउट भूमिकाका लागि प्रख्यात छिन । तर पछिल्ला केही वर्षहरूमा भने उनी हिन्दी चलचित्रहरूमा खासै देखिन छोडेकी छन् ।

चलचित्रमा नदेखिनु बारे उनी भन्छिन्, ‘मैले सक्दो राम्रो गर्ने प्रयास गरेको हो। राम्रो भूमिका खोज्ने प्रयास पनि गरेँ । सबैले जस्तो मैले पनि केहि गल्ती गरेँ होला । कतिपय भूमिका राम्रा थिए, कतिपय नराम्रा । यो त एक अभिनेताको यात्राको भाग नै हो तर समग्रमा भन्नुपर्दा मैले जति गरे जस्तो गरे एकदमै राम्रो गरे । म गर्व गर्छु आफूप्रति । हरियाणाबाट आएर मैले मर्डर चलचित्र गरे जुन यति लोकप्रिय भयो कि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दुई पटक सम्म भेट्ने मौका पाएँ । ज्याकी च्यान जस्तो महान् व्यक्तित्वले मलाई उहाँको फिल्ममा कास्ट गर्नुभयो। ’

मल्लिकाले ख्वाइश, मर्डर, आदि जस्ता चलचित्रमा काम गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री