गुल्मीका छपन्न छोरीले पाए दुई लाख ८० हजार

गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् ।

Advertisement

गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार पालिकाले गत आर्थिक वर्षमा पालिकाभित्र जन्मिएका छोरीहरुका लागि रु पाँच हजारका दरले कूल रु दुई लाख ८० हजार उपलब्ध गराएको हो ।

उनीहरुको बैंक खाता खोली रकम बैंकमा नै जम्मा गरिएको छ । जन्मदर्ता र वडाको सिफारिसको आधारमा रकम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।

“छोरी भए गर्भपतन गराउने प्रचलन अझै छ ।” उहाँले भन्नुभयो, “उक्त रकमले छोरीको वृद्धि विकासमा सानो भए पनि सहयोग पुग्नेछ ।” यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन रु पाँच लाख विनियोजन गरिएको उपाध्यक्ष दर्लामीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री