
केन्द्रीय बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।
बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ ।
ट्रेजरी बिलको बिक्री भने मंगलबार (साउन १७ गते) हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।
यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको थियो ।
यसपटक पनि सोही ब्याजदरमा ट्रेजरी बिलको माग हुने देखिएको छ ।








प्रतिक्रिया