शनिबार, १५ वैशाख २०८१

फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा

समयपोष्ट २०७८ भदौ १३ गते १४:३६

Advertisement

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौँ स्थित सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए । उनले वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतिक्षालयको साथै मनोरंजनको पनि व्यबस्था रहेको समेत बताए । उनले ग्राहकले गाडी दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने उल्लेख गरे ।

१० सर्भिस वे भएको यो वर्कसप 2१,००० वर्ग फिटमा फैलिएको छ । साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७०० वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री