मंगलबार, ४ कार्तिक २०८२

सेक्सको विषयमा खुलिन् करिना, गर्भावस्थामा कस्तो रह्यो उनको अनुभव ?

समयपोष्ट २०७८ भदौ २ गते ८:४२

Advertisement

करिना कपुर खानले गर्भावस्थाका बेला यौनबारे कुराकानी गरेकी छिन् ।

एक नयाँ अन्तरवार्तामा करिनाले गर्भावस्थाका बेला आफ्नो सेक्स ड्राइभ गुमाएको बारे कुराकानी गरेकी हुन् ।

उनले सेक्स एक श्रीमान् र श्रीमतीबीच आवश्यक विषय हुने बताएकी छिन् । करिनाले भनिन्, ‘मलाई लाग्दैन कि तपाईंलाई यसबारे कुरा गर्न हिम्मत चाहिन्छ । सेक्स एक श्रीमान् र श्रीमतीको बीच आवश्यक विषय हो र यसमा महिलाले कस्तो महसुस गर्छन्, यो कुरामा असर पर्छ ।’

आफ्नो किताब प्रेग्नेन्सी बाइबिलमा करिना कपुर खानले गर्भावस्थाका बेला यौनबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘एक महिलालाई यौन सम्बन्ध राख्न इच्छा नै नहुन सक्छ वा गर्भावस्थाका बेला उनले आफूलाई मनै नपराउने पनि सम्भावना हुन्छ ।’

Advertisement

उनले थपिन्, ‘यहि कुरा बच्चा जन्माउने बेला पनि लागू हुन सक्छ । मानिसहरुलाई मूलधारका कलाकारले यस्ता विषयबारे कुरा गरेको सुन्ने बानी नै छैन । तर उनीहरुलाई मूलधारका कलाकार गर्भवती भएको हेर्ने बानी पनि छैन ।’

करिना लेख्छिन्, ‘जब म पहिलो पटक गर्भवती थिएँ तब म जवान थिएँ र ममा धेरै ऊर्जा पनि थियो । म असाध्यै फिट महसुस गर्थेँ । म बाहिर पनि धेरै नै घुम्थेँ र ममा ऊर्जा पनि थियो । तर जहांगीरका बेला मलाई खासै सेक्सी महसुस भएन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री