शिल्पा शेट्टी र उनकी आमामाथि करोडौं ठगीको आरोप, प्रहरीले सुरु गर्यो छानविन
बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा माथि करोडौँ रकम ठगी गरेको आरोप लागेको छ ।
लखनउका विभूतिखण्ड प्रहरी स्टेशनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन् । हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिदिएको छ । ‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ ठगी गरेको आरोप लागेको हो । पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको उनीहरुमाथि आरोप छ ।
विभूतिखण्ड प्रहरीले सन् २०२० जुन १९ मा यस मामिलाको एफआइआर दर्ता गराएको थियो । यसमाथि कारबाही नभएपछि प्रहरीले सरुवा समेत भएको थियो ।
बुधबार दिउँसो अभिनेत्री शेट्टीको जुहुस्थित घरमा मुम्बई र युपी प्रहरी पुगेको तस्बिर सामाजिक सञ्जालमा छाएको छ ।तस्बिरमा प्रहरीका केही अधिकारीहरु शिल्पाको बंगलाको भित्र गइरहेको देखिएको छ । यसैबीच, केही प्रहरी अधिकारी सूचना पनि साथमा लिएर आएका भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
प्रतिक्रिया