मंगलबार, ४ कार्तिक २०८२

साइन भैसकेको फिल्मबाट हटाईन् दीपिका

समयपोष्ट २०७८ साउन २६ गते २०:३३

Advertisement

निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’मा अभिनेत्री दीपिका पादुकोणले काम नगर्ने भएकी छन् । पारिश्रमिकको विषयमा कुरा नमिलेपछिपछि उनी उक्त प्रोजेक्टमा काम नगर्ने भएकी हुन् ।

भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार दीपिकाले अभिनेता तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेकी थिईन् ।

रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो । उक्त निर्णयपछि उनीहरुका दर्शकले निकै खुशी व्यक्त गरेका थिए । तर, दीपिका फिल्मबाट बाहिरिएको खबरपछि धेरै जना आश्चर्यमा परेका छन् ।

फिल्मसँग निकट एक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताए अनुसार दीपिकाले रणवीरको जति नै पारिश्रमिक मागेकी थिइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री