आइतबार, २३ वैशाख २०८१

यी हुन् साङ्लाबाट छुटकारा पाउने घरेलु उपाय

समयपोष्ट २०७८ साउन २३ गते २०:१८

Advertisement

साङ्लाले फोहोर र दुर्गन्ध बढाउनुको साथै विभिन्‍न किसिमका रोगहरु सार्ने काम पनि गर्छ । संवेदनशील व्यक्तिलाई यसले एलर्जीको समस्या उत्पन्‍न गराउँछ । साङ्ला झाडापखाला, हैजा, टाइफाइड, ज्वरो आदि रोग लगायत अन्य सरुवा रोगको संवाहक हो ।

भान्साकोठामा साङ्ला आउन नदिने उपायहरु

एउटा लोकप्रिय भनाई नै छ ‘उपचार भन्दा राम्रो रोकथाम हो’ । त्यस अनुरुप हामीले गर्नुपर्ने पहिलो काम भनेको हामी यो कुरामा निश्‍चित हुनुपर्छ कि साङ्लाहरु घर भन्दा बाहिर नै छन् र घर अथवा भान्सामा त्यसलाई आउने बाटो छैन । यसरी साङ्लालाई रोक्नको लागि केही व्यवहारिक कार्यहरु गर्नुपर्छ ।

-घरको भित्ता र भुइँ बिच दुरी नराख्‍नुहोस् । खाली ठाँउ छ भने त्यसलाई राम्रोसँग पानी समेत पस्‍न नमिल्ने गरी बन्द गर्नुहोस् ।
-चर्किएका भित्ता र पाइपहरु मर्मत गरी त्यसलाई टाल्नुहोस् ।
-झ्यालका चौकसहरुमा भएका खाली ठाँउहरु टाल्नुहोस् ।
-फर्निचरको पछाडि वा मुनि साङ्ला लुक्ने भएकोले बेलाबेलामा त्यसलाई हटाएर सफा गर्नुहोस् ।
-जुठा भाडाकुडाहरु भान्सामा त्यसै नछोड्नुस् ।
-सिंकको वरपर राम्रोसँग सफा गर्नुहोस् ।
-सिंकको चारैतिर खाली ठाँउ नरहने गरी टाल्नुहोस् ।
-भान्साकोठा सफा राख्‍नको लागि बेलाबेलामा कुचो लगाई मप गर्नुहोस् ।
-साङ्ला फोहोरमा बढि देखिने हुदा डस्टबिनमा फोहोर धेरै कोचेर भाडा भन्दा अग्लो बनाएर नराख्‍नुहोस् । डस्टबिन भरीएपछि फोहोर एउटा झोलामा -खनाएर त्यसलाई राम्रोसँग बाधेर व्यवस्थापन गर्नुहोस् र डस्टबिनको ढकनी सधै बन्द राख्‍नुहोस् ।
साङ्ला हटाउने उपायहरु

Advertisement

साङ्ला विभिन्न रोगको कारक तत्वमात्र नभएर यसले वातावरणलाई पनि अस्वस्थ र फोहोर बनाउँछ । अर्को खराब तथ्य यो हो कि तिनीहरु उड्न पनि सक्छन् । यसका साथै यीनीहरु चाँडै भयानक दरमा बढ्ने र फैलने भएकोले सक्दो चाँडो यसलाई नियन्त्रण गर्नु महत्वपूर्ण हुन्छ । यहाँ केहि घरेलु उपचार विधीहरु छन् जसको प्रयोगले धेरै हदसम्म साङ्लासँग लडि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

-बोरीक एसिड, चिनी र गहुको पिठोको मिश्रण बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।
-सिलिका जेल र चिनीको मिश्रण (३:१ को अनुपात) बनाएर साङ्ला आउने ठाँउहरुमा छर्नुहोस् ।
-२५० मि.लि. पानीमा दश थोपा पुदिनाको तेल मिसाएर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् (छर्कनुहोस्) ।
-मरीचको धुलो, पिसेको लसुन र प्याजलाई एक लिटर पानीमा घोलेर साङ्ला भएको ठाँउमा स्प्रे गर्नुहोस् (छर्कनुहोस्) ।
-नीमको पातलाई पानीमा घोलेर साङ्ला आउने ठाँउमा छर्कनुहोस् ।
-एक लिटर पानीमा चार चम्चा डिटरजेन्ट पाउडर मिसाएर साङ्लालाई सिधै छर्किदिनुहोस् ।
-टिनको भाडोमा केहि टुक्रा काक्रो राख्नुहोस् । यसो गर्दा रासायनिक प्रतिक्रियाले गन्ध उत्पन्‍न हुन्छ जुन साङ्लाको लागि हानिकारक साबित हुने गर्छ ।
-तेजपत्तालाई धुलो बनाएर साङ्ला आउने ठाँउमा छर्नाले त्यसको गन्ध सहन नसकि साङ्ला आफै हराउदै जान्छ ।
-साङ्ला आइराख्‍ने ठाँउमा बेकिङ सोडा र चिनीको मिश्रण छर्नाले पनि साङ्ला आउन सक्दैन ।
-दालचिनीको धुलो बनाएर भान्साको वरपर छर्न सकिन्छ ।
-एक लिटर तातो पानीमा एउटा कागती र दुई चम्चा बेकिङ सोडा मिसाएर राम्रोसँग घोलिएपछि भान्साको सिंकमा खनाउन सकिन्छ । यसो गर्दा साङ्लाहरु -फैलन पाउदैन र भएका पनि पाइप बाट बगेर जान्छन् ।
-बोरिक एसिड र चिनी मिसाएर पनि चारैतिर छर्न सकिन्छ । यसो गर्दा चिनीले साङ्लालाई आकर्षित गर्छ र बोरिक एसिडको सम्पर्कमा आउदा त्यसको विनाश हुन्छ ।
-यसैगरी बजारमा विभिन्‍न किसिमका स्प्रेहरु किन्‍न पाइन्छ । तर त्यसको प्रयोग त्यति प्रभावकारी भएको पाइदैन । कडा खालको रसायन प्रयोग गरी बनाइएको विभिन्‍न रासायनिक झोलहरु पनि पाइन सक्छ र त्यसको प्रयोगले साङ्लालाई निर्मुल पार्न त सकिन्छ तर त्यसको प्रयोग जोखिमयुक्त हुन सक्छ । यसले घरपालुवा जनावरलाई र मानिसलाई समेत गम्भीर असर पुग्‍न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री