बिहीबार, २६ असार २०८२

आर्युबेद स्वास्थ केन्द्रद्धारा नि:शुल्क औषधि वितरण

समयपोष्ट २०७८ साउन २१ गते १७:२६

Advertisement

अशोक खनाल
आर्युबेद स्वास्थ केन्द्र अर्घाखाँचीले कोरोनाभाइरस संक्रमितको निवासमै पुगि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने औषधिहरु वितरण गरेको छ ।

केन्द्रले बिहीबार जिल्लाको पाणिनि गाउँपालिका वडा न. ७ को झन्द्रेकमा रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने अस्वागन्धा चुण्,जेठीमधु चुण्, सितोपलादी चुण्, गुड्की चुण्, गुर्जो लगायतका औंषधि वितरण गरेको हो ।

आर्युबेद केन्द्रका निमित्त कार्यलय प्रमुख कबिराज कमल प्रसाद आचार्य तथा ल्याब टेक्निसियन शुभाष शाहीको टोलीले कोरोना भाइरसबाट संक्रमित नेपाल पत्रकार महासंघका साधारण सदस्य माधब प्रसाद बेल्बासे सहित १९ जनाको निवासमा पुगेर औषधि वितरण गरेको हो । केन्द्रका टोलीसंगै पुगेका योग प्रशिक्षकले संक्रमितहरुको मनोवल उच्च बनाउन योग प्राणायाम ब्याम ,ध्यान गर्ने बिधिको बारेमा समेत प्रशिक्षण दिएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री