अर्घाखाँची प्रहरीद्वारा चोरीमा संलग्न छ जना पक्राउ
समयपोष्ट
२०७८ साउन १९ गते १२:४५
अशोक खनाल
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले सदरमुकाम लगायतका विभिन्न स्थानका पसल चोरीमा संलग्न छ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
मंगलबार प्रहरीले सार्वजनिक गरेका छ जनामध्य चार नाबालक पनि छन् । उनीहरुले २५ तोला चाँदी, ३ वटा ल्यापटप, मोबाईल सेट,घडी, रिचार्ज कार्ड, किराना सामाग्रीहरु चोरी गरि अन्यत्र लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार प्रहरी रिचार्ज कार्डको माध्यमबाट चोरीमा संलग्नसम्म पुग्न सफल भएको हो ।
उनीहरुलाई प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया