शुक्रबार, १४ वैशाख २०८१

एकसाथ खानबाट जोगिनुहोस् यी फल

समयपोष्ट २०७८ साउन १७ गते १४:०८

Advertisement

फलफूल त्यसबेला विषाक्त बन्छ, जव त्यसमा अर्को विजातिय खानेकुरा मिसाइन्छ । कुन फलसँग के खानेकुरा मिसाउनु हुँदैन त ? यसबारे जान्नैपर्छ । खासगरी बालबालिकाको सवालमा यस्तो कुरामा सर्तक भएकै राम्रो ।

सुन्तला र गाजर : सुन्तला र गाजर आफैमा खानका लागि राम्रो हो । तर, यि दुईलाई आपसमा मिश्रण गरेर सेवन गर्नु भनेको हानिकारक हो । यसले शरीरमा गंभीर हानी पुर्‍याउन सक्छ ।

अम्बा र केरा : अम्बा शरीरको लागि लाभदायक मानिन्छ, उत्तिकै केरा पनि । तर, दुवैलाई मिश्रण गरेर सेवन गर्ने हो भने त्यसको नतिजा राम्रो निस्कदैन । यि दुवै एकसाथ सेवन गर्दा टाउको दुख्ने, पेट दुख्ने समस्या हुनसक्छ ।

दुध र भूँइकटहर : दुध र भूँइकटर आपसमा मिसाएर खानु राम्रो होइन । एकैसाथ पनि यि दुई खानेकुरा खानु हुदैन । यसले पाचनतन्त्रमा समस्या निम्त्याउन सक्छ ।

कागती र मेवा : कतिले स्वादका लागि मेवामा कागतीको रस मिसाएर खाने गर्छन् । यसले पनि शरीरमा हानी गर्छ । मेवा र कागतीको रस मिसाएर सेवन गर्दा हेमोग्लोबिन सम्वन्धी समस्या समेत आउन सक्छ । खासगरी बच्चाका लागि यो हानिकारक हुनसक्छ ।

दुध र सुन्तला : सुन्तला, सुन्तलाको जुससँग दुध एवं दुधजन्य परिकार आपसमा मिलाएर खानु पनि स्वास्थ्यका लागि लाभदायक हुदैन । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री