
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५५,ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ ।
जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।









प्रतिक्रिया