
मेरो छिमेकी माइली आमालाई दमको रोग लागेको थियो। वहाँ दमको रोगबाट पटक पटक सिकिस्तै हुनुहुन्थ्यो। हामी रातरातभर वहाँलाई कुर्न बस्ने गरिन्थ्यो । पछिल्लो पटक माइली आमा दमको रोगले बढी नै बिमार पर्नु भयो । घनश्याम दाजु, वहाँको जेठोछोरा आमालाई बढि नै माया गर्नुहुन्थ्यो। आमाको हेरचाह गर्ने भनेर आसाममा रहेको सरकारी जागिर छाडेर घरमा बस्नु भएको थियो। माइली आमाले एकदिन छोरालाई “बाबू मलाइ मालबोक केरा खाने मन छ” भन्नू भएछ। दाजुले मालबोक केरा खोजेर आमालाइ ख्वाउनु भयो। दुइदिन पछि फेरि आमाले “मलाई दुधको कुराउनी खाने मन छ ” भन्नूभयो । दाजुले कुराउनी घोटेर पेटभरी ख्वाउनु भयो। यी दुबै पदार्थ आमाको लागि बिष बराबर थिए ।आमालाइ कुखत पर्यो र आमाको मृत्यु भयो।
मेरी फुपुकी छोरी बहिनी छ्न,उनलाइ कसैले ब्रह्मकुमारी भन्ने संस्थामा जोडिदिएछ। त्यहाँको प्रबचन सुनेपछी उनी पुरै एकोहोरी (वानसाइडेड) बनिछन र उनको घर परीवारसङ्ग नाता टुट्यो। एकजना मेरो छिमेकी दाजु हरीयाणामा नोकरी गर्नुहुन्थ्यो, वहाँ रामपालजी महाराजको धर्म समात्नु भएछ। वहाँका छोराको बिवाहको लागी हामी कन्याको घरमा गयौं । सम्धेलो गर्ने समयमा दाजुले भन्नू भयो कि भाइ मैले चामलको अछेता लगाउँदैन, टिकाटालो पनि मैले गर्दिन, उपहार पनि मलाई लिन मिल्दैन।
हामीले हरेक बस्तु र घटनालाई आलोचनात्मकरुपमा हेर्नू पर्दछ। राम्रो भित्र नराम्रो र नराम्रो भित्र राम्रो देख्न सक्नु पर्दछ। एकोहोरो माया मात्र र एकोहोरो घृणा मात्र गरेउ भने गम्भीर गल्ती हुन पुग्दछ।
मैले भने कि या त तपाइँ जन्त नै नआएको भए हुने थियो । यहाँ आइसकेपछि सम्धेलो त गर्नै पर्दछ। मैले जोड गरेपछी त्यसो हो भने मैले अबिर मात्र लगाउँछु भन्नुभयो। उता पट्टिको सम्धी नयाँ बिचारको मेरो साथी भएकाले सजिलै समस्याको गाठो फुकाइयो। अर्घाखाँची किमडाडाँका एकजना मेरो नातेदार दाजु पुरानो मसालको नेता पनी हुनुहुन्छ, वहाँले कैयौं बर्ष सम्म निधारमा टीका लगाउन मान्नु भएन । आजभोली बल्ल टीका लगाउन थाल्नु भएको छ।
यी उपरोक्त घटनाहरु मैले यसकारण उल्लेख गरे की जडता, अन्धभक्तता, अन्धसमर्थन र एकांकी भएर सोच्ने, बस्तु र घटनाको सन्दर्भलाइ नजोड्ने, बदलिँदो पदार्थ अनुरुप चेतनालाइ बदल्न नसक्ने,आवश्यकता भन्दा बढी माया र अन्धताले नोक्सानि नै पुराउने गर्दछ।
हामीले हरेक बस्तु र घटनालाई आलोचनात्मकरुपमा हेर्नू पर्दछ। राम्रो भित्र नराम्रो र नराम्रो भित्र राम्रो देख्न सक्नु पर्दछ। एकोहोरो माया मात्र र एकोहोरो घृणा मात्र गरेउ भने गम्भीर गल्ती हुन पुग्दछ। नेपाली राजनितीमा यो अन्धसमर्थन र अन्धभक्तता जडताको रुपमा जरा गाडेर बसेको छ। नेताको दलाली र चाकरी, गुटको भजन र पार्टीको अन्धसमर्थन कै कारण स्थिति गम्भीर बन्दै जान थालेको छ। त्यसैले दासताको चेतनाबाट माथी उठौं,अधिभुतवाद होइन दन्द्वात्मक ऐतिहासिक भौतिकवादको प्रयोग गरौं । मैले यसरी सोचें, यहाँहरुले पनि यसरी नै सोच्दा कसो होला !










प्रतिक्रिया