बिहीबार, १५ चैत २०८०

यी कारण महिलाहरुमा यौन चाहना मर्दै जान्छ

समयपोष्ट २०७७ भदौ १० गते ८:१५

Advertisement

सम्बन्ध बलियो हुनमा यौन सम्बन्धले अहं भुमिका हुन्छ । तर, केही माहिलाहरु आफ्नो यौन जीवनमा सन्तृष्ट भएका हुँदैनन् । यस बारेमा खुलेर कुरा गर्न हिचकिचाउछन् र भित्र भित्रै उदास भइरहेका हुन्छन् । महिलाहरु सन्तृष्ट हुन नसक्नुका कारणहरु यस्ता छन् ।

  • महिलाको यदि सम्बन्धमा ऊ प्रति माया, स्नेह र सम्मान महसुस नभएमा उसको लगाब तिव्र नभई कम हुन्छ । यस्तो अवस्थामा शारीरीक सम्बन्धको बारेमा सोच्न पनि सक्दैनन् । यदि सहभागी भएपनि आनन्द लिन भने सक्दैनन् ।
  • धेरै महिलाले पारिवारीक काम र जिम्मेवारी निभाएका हुन्छन् । काममा थकान बढी हुने भएकोले शारीरिक सम्बन्ध राख्न र आनन्द लिन मुस्किल हुन्छ ।

  • यौन जीवन बोरीङ भएमा आत्मीयताको प्रेममा र कुनै पनि प्रकारका भावना महसुस नगर्दा महिलाहरु भावनात्मक रुपमा टाढिदै जान्छन् । यदि यौन साथीसँग शारीरिक सन्तुष्टिको लागि मात्र यौन कार्यमा सम्लग्न हुनुहुन्छ भने महिलाहरुले भावनात्मक र शारीरिक रुपमा आफलाई टाढा राख्छन् ।
  • महिला आफ्नो बाहिरी आवरणको विषयमा निकै संवेदनसिल हुन्छन् । बढ्दै गएको पेट, बिग्रदै गएको अनुहार र आफ्नो पाटर्नरले माया नगर्दा आफ्नो आत्मविश्वास घटाउछन् । यस्तो यौन क्रियाकलापको क्रममा बिल्कुलै असहज महसुस गर्छन् र आनन्द लिन सक्दैनन् ।
  • धेरै महिलाहरुले आफ्नो यौन साथीमा सजिलो महसुस गर्दैनन् र यौन सम्पर्क गर्ने समयमा कुन राम्रो र कुन चीज नराम्रो महसुस गर्न सक्दैनन् । यसरी महिलाको उदासिनता बढ्दै जान्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री