
कपडा लगाउने समयमा घरभित्र गोजीबाट सिक्का वा नोट खस्छ, हामी एक सामान्य घटना सम्झेर भुल्छौ, तर हामीले सामान्य सम्झेको त्यहि घटनाले शुभ संकेत दिएको हुन्छ । ज्योतिष विज्ञानको अनुसार सिक्का वा नोट भुँईमा खस्नु राम्रो संकेत हो । अब अगाडि आउने समय राम्रो हुनेछ ।
कपडा लगाएर घर बाहिर निस्कदा जेबबाट पैसा खसेमा धेरै राम्रो मानिन्छ । यदि बाहिर पैसा खसेमा निकट भविष्यमा धन प्राप्तिको योग बन्नेछ । यसरी नै कुनै प्रकारको लेनदेनको समयमा तपाइँको हातबाट पैसा खसेमा पनि धेरै शुभ मानिन्छ ।
दैनिक हुने साना तिना घटनाले कुनै न कुनै संकेत गरेको हुन्छ तर हामीले खासै ध्यान दिदैनौ । तर ज्योतिष शास्त्रमा यी घटनालाई धेरै महत्वले हेरिन्छ । यसबाट शुभ र अशुभ फल निस्चित रुपले व्यक्तिले प्राप्त गर्छ । एजेन्सी









प्रतिक्रिया