शनिबार, १५ वैशाख २०८१

रियाले सुशान्तको खाताबाट किन निकालिन् १५ करोड ?

समयपोष्ट २०७७ साउन ३१ गते १९:४५

Advertisement

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्तीमाथि छानबिन जारी छ । सुशान्तको खाताबाट १५ करोड भारु निकालिएको बारे प्रहरीले छानविन गरिरहेको छ ।

यसैबीच प्रवर्तन निर्देशनालय (र्डडी) सँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले सुशान्त सिंह राजपूतको खाताबाट रिया चक्रवर्तीको खातामा कुनै प्रकारको डाइरेक्ट ट्रान्जेक्सनको कुनै प्रमाण नभेटिएको जानकारी दिएको छ ।

खबर अनुसार सुशान्तको खाताबाट नेट बैंकिङ र डेबिट कार्डबाट भएको लेनदेनको अनुसन्धान अहिलेसम्म पनि जारी छ । ईडीसँग जोडिएको एक स्रोतका अनुसार यो निकासीको म्यापिङ गरेर पैसा कहाँ गयो र यसको पछाडिको उद्देश्य के थियो भनेर पत्ता लगाउन मद्दत मिल्नेछ । स्रोतले भारतीय मिडियासँग भन्यो, ‘डेबिट कार्ड र नेट बैंकिङको प्रयोग कसले गरिरहेको थियो भनेर हामी अनुसन्धान गरिरहेका छौं । जसलाई पिन र पासवर्ड थाहा छ, उसैले यो लेनदेन गर्न सक्छ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री