शुक्रबार, १४ वैशाख २०८१

कामना सेवा विकास बैंकले कमायो ५ करोड ४८ लाख खुद नाफा

समयपोष्ट २०७७ साउन ३० गते १७:२२

Advertisement

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२ करोड ९७ लाख रुपैयाँ अर्थात् ८०.७३ प्रतिशत कम हो ।

अघिल्लो आवमा बैंकले २८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चौथौ त्रैमाससम्ममा बैंकले एक अर्ब १४ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको साेही अवधिकाे तुलनामा ३२.१७ प्रतिशत धेरै हो।

बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज र कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च लगायतका खर्च बढ्दा नाफामा उच्च गिरावट देखिएको हो।

बैंकको वितरणयोग्य मुनाफा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख रुपैयाँ रहेको बैंकको शेयरधनी कोष २० करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

यस अवधिमा बैंकले ३१ अर्ब ९० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २५ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चुक्ता पूँजी स्थिर रहेको बैंकको नाफामा अत्याधिक गिरावट आउँदा प्रतिशेयर आम्दानी पनि खुम्चिन पुगेको छ। अघिल्लो आवको चौथौ त्रैमासमा ११ रुपैयाँ २० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी गत आवको सोही अवधिमा २ रुपैयाँ १६ पैसामा सीमित बन्न पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ६७ गुणा छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.९० बाट बढेर २.१३ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री