शुक्रबार, १६ चैत २०८०

गोंगबु हत्याकाण्ड : ट्याक्सी ड्राइभरहरूसँग बढीनै हिमचिम थियो कल्पनाको

समयपोष्ट २०७७ साउन २८ गते २०:१५

Advertisement

आइतबार गोंगबु गणेशस्थानमा मृत फेला परेका कृष्णबहादुर बोहोरा र अभियुक्त कल्पना मुडभरी दुबै विवाहित हुन् । कल्पनाका तीन छोराछोरी समेत छन् ।

कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्ने गरेको प्रहरी अनुसन्धानमा खलेको छ । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा नभएका कारण उनी गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्ने तर , बढीजसो रात कल्पनाकै कोठामा अनुसन्धानबाट खुलेको छ । यस्तो क्रम दुई वर्षदेखि चल्दै आएको थियो ।

कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम समेत हुँने गरेको अनुसन्धानबाट खुलेको छ । प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् । बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पु-याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् ।

प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ । पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री