किष्ट अस्पतालमा कोरोनाभाइरस संक्रमणबाट एक जनाको मृत्यु

ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

Advertisement

अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

काभ्रेकी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो । उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । उनको आज दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री