
एभरेष्ट बैंकका दुई कर्मचारीमा ‘कोरोना संक्रमण’ पुष्टि भएको छ ।
मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै बैंकको कार्यालय दुई दिन बन्द गरिएको छ ।
संक्रमण नदेखिएका कर्मचारीहरुलाई ‘होम आइसोलेसन’ मा राखिएको छ। गत शुक्रबार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो। एकाउन्ट शाखाका एक कर्मचारी र नायव महाप्रबन्धकका चालकलाई संक्रमण देखिएको बताईएको छ ।
बैंकको कपिलवस्तु र वीरगञ्जस्थित शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको बताईएको छ ।









प्रतिक्रिया