शुक्रबार, १६ चैत २०८०

चिनियाँ बालबालिकामा अहंकारी बढी : अध्ययन

सिन्ह्वा २०७७ साउन २५ गते २१:३७

Advertisement

हालसालै गरिएको एक सर्वेक्षणले चीनका करिब ६४ प्रतिशत बालबालिकामा ‘आत्मकेन्द्रित’ स्वभाव रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी उत्तरदाताले दिएको जवाफका आधारमा गरिएको मूल्याङ्कनमा आफ्ना बालबालिका बढी अहंकारी भएको पाइएकोमा अविभावकले चिन्ता व्यक्त गरेका पनि ‘चाइना यूथ डेली’ले जनाएको छ ।

सर्वेक्षणमा अभिभावकहरूले बच्चाहरू अन्धाधुन्ध कुनै कुराको पछि लाग्ने र त्यसैमा घोत्लिने र अविभावकको धारणालाई बुझ्न नखोज्ने अहंपन देखिने गरेको पनि सर्वेक्षणका क्रममा पाइएको छ । बालबालिकाको एकलकाटे प्रवृत्तिप्रति पनि चिनियाँ अविभावकले चिन्ता व्यक्त गरेका सर्वेक्षणले रिपोर्टमा उल्लेख छ ।

सर्वेक्षणका लागि एक हजार ९९२ आमाबाबुले दिएको जवाफलाई आधार बनाइएको उक्त पत्रिकामा छापिएको समाचारमा उल्लेख छ ।

सद्गुणका साथ बच्चाहरू हुर्काउनका लागि के गर्नुपर्छ भन्ने सवालमा ७१ प्रतिशत अविभावकले आफैले राम्रो उदाहरण बसाल्नुपर्दछ भनेका थिए भने ५८.४ प्रतिशतले बच्चाहरूसँग बढी समय बिताउनुपर्ने महत्वलाई जोड दिएका थिए ।

सर्वेक्षण मुख्यतया चिँनिया सहरी क्षेत्रका अभिभावकसँग बालबालिकाबारे गरिएको अन्तर्वार्ताका आधारमा गरिएको अनुसन्धात्मक कार्यभएको पनि उक्त पत्रिकाले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री