बिहीबार, १५ चैत २०८०

यी वडाध्यक्ष जसले पटक पटक बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरे

समयपोष्ट २०७७ साउन २४ गते ८:२४

Advertisement

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।

अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालयले २४ दिन हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान गरी सरकारी वकिलमार्फत आफ्नो मागदाबी सहित मुद्दा अदालतमा पेश गरेको थियो । शुक्रबार अदालतले वडा अध्यक्ष शाहीलाई कारागार चलानको आदेश दिएको हो ।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको निष्कर्ष प्रहरीले निकालेको छ । वडा अध्यक्ष जगधीश शाहीकी बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा वडा अध्यक्षले आफ्नै घरमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । जतिबेला किशोरी १३ वर्षकी थिइन्।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार भएको प्रहरीले दाबी छ। पीडित किशोरीलाई दुई पटक बलात्कार नै भयो । कैयौँ पटक बलात्कार प्रयास भएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्–‘किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने, माया देखाउनेजस्ता व्यवहारले किशोरी वडा अध्यक्षसँग नजिकिएको र त्यसैकै फाइदा उठाएर किशोरीमाथि पटक–पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।’

‘किशोरीको स्कुलबाट घर जाँदा वडा अध्यक्षको घरको आँगनबाटै जानु पर्ने रहेछ । घर फर्किने बेला शाहीले बाटो कुरेर बस्ने रहेछन् । पहिलो पटक बलात्कार भएपछि कसैलाई पनि नभन्न भनेछन् । भने मारिदिनेसम्मका धम्की दिएछन् ।आर्थिक सहयोग गर्ने, पढाइदिने जस्ता लोभ पनि देखाए छन् । पछिपछि जहाँ भेट्यो त्यहीँ समात्ने, अगालो मार्नेजस्ता व्यवहार गर्ने गरेछन् ।’ प्रहरीले भने ।

किशोरीलाई शाहीले एक पटक ६४० रुपैयाको घडी मोल्फा बजारबाट किनेर ल्याइदिएको, त्यो घडी किशोरी साथीलाई दिएको, पटक-पटक पैसा दिन खोजे पनि किशोरीले लिन नमानेको जस्ता विषय अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पीडित किशोरी र वडा अध्यक्ष शाहीको मेडिकल रिपोर्ट आएको छैन् । परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

यसरी खुल्यो घटनाको रहस्य

२०७४ सालमा पहिलो पटक बलत्कृत भएकी किशोरी वडा अध्यक्ष शाहीबाट भाग्न थालिन् । तर उनले जहाँ भेट्यो त्यहीँ दुव्र्यवहार गर्न थाले । दोस्रो पटक २०७६ साल भदौ १७ गते बिरामी परेर घरमा सुतिरहेकी किशोरीलाई एक्लै भएको मौका छोपी बलात्कार गर्दै गर्दा किशोरीकी साथीले देखिन् । घरभित्र कोठामा सँगै सुतिरहेको अवस्थामा साथीले भेटाएपछि शाहीले ढोकामा हानेर, खोकेर घरभित्र आउनु पर्दैन भनेर गाली गर्दै देख्ने किशोरीलाई समेत उनले धम्की दिए । बाहिर भनेपछि दुवैको वेइज्जत हुने र दुवैको ज्यान पनि जान सक्ने भनेपछि किशोरीहरुले नभन्ने सल्लाह गरे । तर वडा अध्यक्षले पछि पनि जहाँ भेट्यो त्यही दुर्व्यवहार गर्न थाले ।

२०७७ असार पहिलो साता दाँहाँदेखि चुलीमालिकासम्म पर्यटकीय सडक खन्ने डोजर लिएर वडा अभ्यक्ष लेखतिर जाँदै गर्दा बाटोमा बाख्रा चराउन गएकी ती किशोरीलाई एक्लै भएको मौका छोपी फेरी दुर्व्यवहार गरे ।

त्यसपछि पीडित किशोरीले पहिले पहिले रंगेहात फेला पारेकी साथीलाई भेटिन् । आफूलाई पटक–पटक दुव्र्यवहार गर्ने गरेको र नसक्ने अवस्था आएको बताइन् । अनी ती साथीले महिनावारी भएका किशोरीहरु बस्ने गोठमा गएर अरुलाई त्यो समस्या सुनाइन् । त्यसपछि गाँउमा हल्ला भयो । वडा अध्यक्ष शाही र ती किशोरीको अनैतिक सम्बन्ध रहेको गाँउमा हल्ला चलेपछि पीडित किशोरीले घरमा सबै कुरा बताइन् । त्यसपछि परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा जाहेर दिए ।

जाहेरीपछि प्रहरीले वडा अध्यक्ष शाहीलाई असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाड नाता करणीमा मुद्दा दर्ता ग¥यो । मुलुकी अपराध संहिता २०७४ बमोजिम वडा अध्यक्ष शाहीलाई जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी प्रहरीले अदालतमा मुद्दा पेश गरेको छ । आजको अन्नपुर्णपोष्टमा बिस्नप्रसाद न्याैपानेको खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री