
ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको निधन भएको छ ।
शुक्रबार पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो । सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इनसेफलाइटिसको समेत उपचार भइरहेको थियो ।
यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको हो ।









प्रतिक्रिया