शुक्रबार, २८ वैशाख २०८१

तराईबाट आएर परिवारका सदस्यसँगको घुलमिल र हेलचेक्र्याइँ गर्दा…

समयपोष्ट २०७७ साउन २३ गते ७:२८

Advertisement

कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो ।

वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो । उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो ।

वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन् ।उनी उच्च रक्तचापको बिरामीसमेत थिइन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु भयो ।

Advertisement

तराईबाट आएर परिवारका सदस्यसँगको घुलमिल र हेलचेक्र्याइँले अन्यमा समेत संक्रमण देखिएको गेलालको भनाइ छ । ‘क्वारेन्टाइन नबस्दा र परिवारका सबै सदस्य घुलमिल हुँदा समस्या देखियो’, उनले भने, ‘कोरोना परीक्षण पनि भएको थिएन, हेलचेक्र्याइँले ज्यानसमेत लिन सक्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री