
अर्घाखाँचीको एक होटलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।
सन्धिखर्क नगरपालिकाको एक होटलमा जुवा खेलिरहेको अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाल पक्राउ परेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का,कृष्ण घम र राजिव खत्री (शोभाखर) भने जुवाखालबाट नियन्त्रणमा लिने कोशिश गर्दा गर्दै फरार भएको सुचना अधिकारी खत्रीले जानकारी दिए ।
वडाध्यक्ष खड्का जुवा खेलिरहेको अवस्थामा भेटिएको र प्रहरीले केहीबेरभित्र बाहिर लगेर सोधपुछ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा फरार भएको बताईएको छ ।









प्रतिक्रिया